विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अफ्रिकी देश युगान्डामा ३६ जनामा इबोला संक्रमणका घटना देखिएको जनाएको छ । गत साता प्रकोप फैलिएको घोषणा गरेपछि ३६ जनामध्ये १८ जनामा संक्रमण पुष्टि भएको र बाँकी १८ जनामा संभावित संक्रमण देखिएको डब्लूएचओको भनाइ छ ।
मध्य युगान्डाका तीन जिल्लाहरूमा मृत्यु भएका २३ जनामध्ये पाँच जनामा संक्रमण पुष्टि भएको थियो । डब्ल्यूएचओले युगान्डामा २०१२ पछि पहिलो पटक इबोलाको प्रकोप भएको बताएको छ ।
यसैबीच आफूहरूलाई सुरक्षित मेडिकल सामग्री उपलब्ध नगराएको भन्दै मुबेन्डे अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । आफूहरूलाई सुरक्षित किट उपलब्ध नगराएको भन्दै ३४ चिकित्सकहरूले अस्पतालमा काम गर्न अस्वीकार गरेका छन् ।