उत्तरी बुर्किना फासोमा विद्रोहीहरूको आक्रमणमा परेर कम्तीमा ११ जना सैनिकको मृत्यु भएको छ भने ५० जना सर्वसाधारण बेपत्ता भएको बुर्किनाफासो सरकारले मङ्गलबार प्रकाशन गरेको एक विज्ञप्तिमा जनाएको छ ।
जिबो शहरतर्फ जाँदै गरेको एक आपूर्ति समूहलाई साहेल क्षेत्रको साउम प्रान्तको गास्किन्देको कम्युन नजिक विद्रोहीहरूले आक्रमण गरेका थिए । ‘आक्रमणमा ११ सैनिकको मृत्यु भएको छ, २० सैनिकसहित २८ जना घाइते भएका छन् र करिब ५० जना सर्वसाधारण बेपत्ता भएका छन्’ विज्ञप्तिमा जनाइएको छ ।
आक्रमणकारीको खोजी जारी रहेको विज्ञप्तिमा भनिएको छ ।