असोज १२, २०७९ बुधबार

नाइजेरियाको मध्य प्रान्त बेन्युमा आएको भीषण बाढीमा परेर २३ जनाको ज्यान गएको र कम्तीमा पनि १ लाख १६ हजार जना विस्थापित भएका छन् । यस वर्षको मनसुनी वर्षाका कारण ती नागरिक विस्थापित हुन पुगेका बताइएको छ । उद्धार अधिकारीहरूले त्यहाँका नागरिक बाढीबाट धेरै विस्थापित हुन पुगेका र उनीहरूको पुनःस्थापनाको पहल भइरहेको बताएका छन् ।


यहाँका सयौँ हेक्टर जमिनमा लगाइएको बाली पनि बाढीले नष्ट गरिदिएकाले यहाँका नागरिकहरूलाई बासका साथै खाद्यान्नको पनि आवश्यकता परेको बताइएको छ । अधिकारीहरूले बाढीले यहाँका करिब ५ हजार घर भत्काइदिएकाले दशौँ हजार नागरिक अस्थायी शिविरमा बस्दै आएका पनि जनाएका छन् ।