असोज १३, २०७९ बिहिबार

प्रहरीको हिरासतमा रहेकी एक जना महिलाको मृत्यु भएको विरोधमा इरानमा भएको विरोध प्रदर्शनलाई समर्थन गर्ने महिला जुलुसलाई तितरबितर पार्न तालिवान सेनाले बिहीबार गोली चलाएको छ।

अपगानिस्तानको काबुलमा भएको उक्त प्रदर्शनमा महिला सहभागी उच्च रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

बाइस वर्षीया महसा अमिनीको मृत्यु भएपछि छिमेकी देशहरूमा विगत दुई हप्तादेखि व्यापक विरोध प्रदर्शनहरू भइरहेका छन्।

एउटै नारी 'नारी, जीवन, स्वतन्त्रता!' लगायतका विषय उठाउँदै विरोध प्रदर्शन जारी जारी छ। महिला प्रदर्शनकारीहरूले 'इरान उठ्यो, अब हाम्रो पालो१' लेखिएको ब्यानर बोकेका थिए। 'काबुलदेखि इरानसम्म, तानाशाहीलाई नभन्नुहोस्!' लगायतका नारा सहित महिलाहरू सडकमा उत्रेका छन्।