काठमाडौं । मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा अन्धाधुन्ध गोली चल्दा मेयरसहित १८ जनाको मृत्यु भएको छ ।
बुधबार अपराह्न मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल अलमेडासहित १८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणमा केही प्रहरी र मेयर अलमेडाका बुवा ख्वान मेडोजा अकोस्टाको पनि मृत्यु भएको छ । अकोस्टा पूर्वमेयर हुन् ।
स्थानीय प्रहरीका अनुसार बन्दुकधारीले बुधबार अपराह्न २ बजेतिर टाउन हल क्षेत्रमा प्रवेश गरी गोली प्रहार गरेका थिए । आक्रमणकारीले मेयर अलमेडाका बुवाको घरमै गएर गोली चलाएका थिए ।