असोज २०, २०७९ बिहिबार

भारतको उत्तराखण्डमा मङ्गलबार बस दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएको छ ।

स्थानीय प्रहरीले बुधबार साँझ दिएको जानकारीमा सो दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । प्रहरीले बस निकै अप्ठ्यारो स्थानमा दुर्घटनामा परेकाले मङ्गलबार रातिदेखि बुधबार रातिसम्म २४ सै घन्टा उद्धार गरेको थियो ।