असोज २४, २०७९ सोमबार

घरको छत खस्दा पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास शहरको बोनार्डास क्षेत्रमा ९ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

छत खसेलगत्तै स्थानीयवासी घटनास्थलमा पुगेका र करिब दुई घण्टाको प्रयासपछि शव निकालिएको प्रहरीले जनाएको छ । उद्धारकर्मी र स्थानीय अधिकारीहरूले शवहरूलाई स्थानीय अस्पताल परीक्षणका निम्ति पुर्‍याएका थिए ।