असोज २४, २०७९ सोमबार

युक्रेनको राजधानी किभमा एकपछि अर्को विस्फोट भएका छन् । स्थानीय समयअनुसार बिहान ८ बजे विस्फोट भएको थियो ।​


सामाजिक सञ्जालमा साझा गरिएका तस्विर र भिडियोमा कीभका धेरै भवनहरूबाट धुवाँको मुस्लो उठेको देख्न सकिन्छ । भवन र कार पनि आगोले जलेको देखियो ।

मध्य कीभमा भएको आक्रमणमा धेरै मानिसको मृत्यु भएको आशंका गरिएको छ ।

आपतकालीन सेवाले अझै पनि स्पष्ट तथ्याङ्क दिएका छैनन् ।