असोज २७, २०७९ बिहिबार

रुस–युक्रेन युद्धका कारण एसियाली क्षेत्रको अर्थतन्त्रमा व्यापक असर परेको छ ।

व्यापार र वित्तीय बजारको अनिश्चितता र मुद्रास्फीतिको सन्दर्भमा व्यापक रूपमा असर गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले जनाएको छ । एसियाको रुससँग त्यति धेरै बलियो व्यापार सम्बन्ध छैन । तर, युरोपसँग एसियाली बजारमा सम्बन्ध निकट छ ।

युरोपको समग्र बजारमा युक्रेन युद्धको प्रभाव देखिएको यसले एसियाली देशको बाह्य मागमा असर गरेको आईएमएफको एसिया तथा प्रशान्त विभागका निर्देशक कृष्णा श्रीनिवासनले बताउनुभयो । युद्धपछि खाद्यान्न तथा सामग्रीको मूल्यमा उच्च वृद्धि भएको उहाँको भनाइ छ ।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण सुरु गरेको हो । युद्धको सुरुवातदेखि नै इन्धन तथा खाने तेलमा भारी वृद्धि भएको थियो । यसैबीच भारतको आर्थिक वृद्धिदर सन् २०२२ मा ६ दशमलव ८ प्रतिशतमा झार्ने अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले प्रक्षेपण गरेको छ । यो गएको जुलाईको पूर्वानुमानभन्दा ० दशमलव ६ प्रतिशत बिन्दुले तल झरेको छ ।