असोज २७, २०७९ बिहिबार

उत्तर कोरियाले लामो दुरीको रणनीतिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । दुवै मिसाइल परमाणु हमला गर्न पनि सक्षम रहेको दाबी गरिएको छ । मिडिया रिपोर्टका अनुसार दुबै मिसाइलको बुधबार परीक्षण गरिएको थियो । सो क्रममा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन पनि उपस्थित थिए ।

मिडिया रिपोर्टका अनुसार क्रुज मिसाइलले समुद्रमा २००० किलोमिटरको दुरी पार गरेपछि आफ्नो अनुमानित लक्ष्यमा प्रहार गरेको थियो । यद्यपी मिसाइलले के निशाना बनाएको थियो भन्ने खुलाइएको छैन ।


उत्तर कोरिया आणविक परीक्षणतर्फ अघि बढ्दै


स्थानीय सञ्चारमाध्यमका अनुसार यी दुई मिसाइल कोरियाली सेनामा सामेल हुनाले उनीहरुको शक्ति बढ्नेछ । सेनाले अब आणविक हतियारले पनि आक्रमण गर्न सक्नेछ । क्रुज मिसाइल परीक्षणले कोरियाली प्रायद्वीपमा पनि तनाव बढाएको छ । यो डर छ कि प्योङयाङले अब २०१७ पछि पहिलो परमाणु परीक्षण गर्न सक्छ ।

किम जोङले शत्रु देशलाई दिए चेतावनी

क्रुज मिसाइलको सफल परीक्षणपछि किम जोङले भने – यो हरेक शत्रु देशका लागि चेतावनी हो । हामी आणविक हतियार परिक्षणको दिशामा अघि बढिरहेका छौँ । आपतकालीन वा युद्धजस्तो अवस्थामा सेनालाई यसबाट थप बल मिल्छ