असोज २७, २०७९ बिहिबार

हाइटी सरकारको विदेशी सैन्य सहायता लिने निर्णयको विरोधमा राजधानीमा प्रदर्शन गरिएको छ । त्यहाँ हजारौं मानिस सडकमा निस्किएका छन् ।  प्रदर्शनकारीहरूको भीड अनियन्त्रित बन्दै गएपछि तिनलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो । प्रदर्शनकारीहरूले ‘विदेशी कब्जा’को विरुद्धमा नारा लगाउँदै देशका प्रधानमन्त्री एरियल हेनरीको राजीनामा मागेका थिए । 


प्रधानमन्त्री हेनरीको सरकारले शुक्रबार अन्तर्राष्ट्रिय साझेदारहरूसँग ‘आवश्यक संख्यामा एक विशेष सशस्त्र बल तुरुन्त तैनाथ गराउन’ माग गरेका थिए । देशमा सशस्त्र गिरोहहरूको ‘आपराधिक क्रियाकलाप’ रोक्न देशको सैन्य फौज सक्षम नभएकाले यस्तो आग्रह गर्नुपरेको उनले बताएका थिए ।