असोज २८, २०७९ शुक्रबार

भिडियो कन्फरेन्सिङ प्लेटफर्म जुमलाई लिएर भारतले गम्भीर खतराको चेतावनी दिएको छ । सिस्टममा हमला गर्नेहरू जुमभित्र पसेर हानिकारक गतिविधि गरिरहेको चेतावनीमा भनिएको छ ।


आक्रमणकारी जुम क्लाइन्टमा चलिरहेको जुम एपहरूसँग जोडिन सक्छ र नियन्त्रण गर्न सक्छ । आक्रमणकारीले जुम बैठक सहभागीहरूलाई अडियो र भिडियो पहुँच रोक्न वा अवरोध गर्न सक्छ ।

सर्ट–इनलाई विद्युतीय तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत काम गर्ने सूचना प्रविधि (संशोधन) ऐन, २००८ मा अधिकार दिइएको छ ।

यसको काम कम्प्युटर सुरक्षासँग सम्बन्धित घटनाहरू ट्र्याक गर्ने, कमजोरीहरू पत्ता लगाउने र आइटी सुरक्षा बलियो बनाउनु हो । यसले बग, ह्याकिङ र फिसिङ आक्रमणबारे जानकारी दिन्छ ।