जनस्वास्थ्यसम्बन्धी एक विश्व संस्थाले गरेको अनुसन्धानअनुसार ब्राजिलमा कोभिड १९ विरुद्धको संघर्षका क्रममा कम्तीमा पनि ४ हजार ५ सय जनाको ज्यान गएको छ ।
पब्लिक सर्भिस इन्टरनेशनल (पिएसआइ) ले गरेको एक विश्वव्यापी अनुसन्धानमा ब्राजिलमा मात्र चिकित्सक, नर्स र कोभिडको उपचारमा खटेका अन्य स्वास्थ्यकर्मीहरूमा ४ हजार ५ सयको ज्यान गएको पाइएको हो ।
ती स्वास्थ्यकर्मीहरूको सन् २०२० को डिसेम्बेरदेखि सन् २०२१ मा गरेर ज्यान गएको हो । यो समय ब्राजिलमा कोभिड १९ को एक उच्च तहमा महामारी पुगेको समय हो । यसरी ज्यान जानेमा एक हजार एक सय ८४ जना नर्स रहेका छन् । उनीहरु ब्राजिलमा कोभिड १९ महामारी उच्च बिन्दु पुगेका बेला कार्यरत रहेका थिए ।