इराकको नयाँ राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रसिद निर्वाचित भएका छन् । संसद्मा बिहीबार भएको मतदानपछि उनी राष्ट्रपतिमा निर्वाचित भएको सभामुखले घोषणा गरेका थिए ।
देशमा नयाँ राष्ट्रपति चयन गरिएसँगै इराकमा रहेको राजनीतिक गतिरोध अन्त्य हुन लागेको विश्वास गरिएको छ ।