असोज ३१, २०७९ सोमबार

शनिबार साँझ बालबालिकालाई घर पुर्‍याएर बस विद्यालय क्याम्पसमा पार्किङ गरिएको थियो । आइतबार बस सफा गर्न पुग्दा चालकले बसको इन्जिन नजिकै अजिंगर फसेको देखे । उनले यसबारे विद्यालय व्यवस्थापनलाई जानकारी गराए । खबर पाएलगत्तै वन विभागको टोलीले उद्धार गरी अजिङ्गरलाई पक्रेर जंगलमा छाडेको थियो । यो घटना भारतको रायबरेलीको हो । त्यहाँ एक स्कूल बसमा १५ फिट अग्लो अजिंगर फेला परेको छ ।