असोज ३१, २०७९ सोमबार

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको तेस्रो कार्यकालको विरोधमा बेलायतको म्यानचेस्टरस्थित चिनियाँ महावाणिज्य दूतावासबाहिर प्रदर्शन भएको छ । दूतावास अगाडि भएको प्रदर्शनमा दूतावासका कर्मचारीले एक प्रदर्शनकारीलाई कार्यालय परिसरभित्र तानेर कुटपिट गरेको भिडिओसमेत हाल सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

भिडिओमा चिनियाँ वाणिज्य दूतावासबाहिर सी जिनपिङविरुद्ध नारा लगाएको देख्न सकिन्छ । उनको हातमा केही ब्यानर र पोस्टर पनि छन् ।