म्यानमारको याङ्गुनस्थित इन्सेन कारागारमा शक्तिशाली विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार बुधबार बिहान कारागारको प्रवेशद्वारमा दुईवटा पार्सल बम विस्फोट हुँदा ३ जेल कर्मचारी र ५ आगन्तुकको मृत्यु भएको हो।
इन्सेन जेल देशकै सबैभन्दा ठूलो जेल हो, जसमा करिब १० हजार कैदी छन् । कारागारमा धेरै राजनीतिक बन्दी पनि छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।
अधिकारीहरूले पनि आक्रमणमा १८ जना घाइते भएको पुष्टि गरेका छन् । कारागारका कर्मचारीबाहेक मारिएका ५ जना महिला थिए, जो कैदीहरूलाई भेट्न आएका थिए।