पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी ५ वर्षका लागि चुनाव लड्न त्यहाँको निर्वाचन आयोगले अयोग्य ठहर गरेको छ । निर्वाचन आयोगले इमरान खानले सत्तामा रहँदा आफूले पाएका उपहारबारे अधिकारीहरूलाई भ्रमित गरेको बताएको छ।
यसअघि निर्वाचन आयोगले तोषाखाना मुद्दामा भदौ १९ गते आफ्नो निर्णय सुरक्षित राखेको थियो । यस सम्बन्धमा निर्वाचन आयोगले इमरान खानलगायत सबै दललाई नोटिस जारी गरेको थियो ।