कात्तिक ११, २०७९ शुक्रबार

काठमाडौँ । विद्युतीय सवारी साधनको द्रुत विकाससँगै जलवायु परिवर्तनविरुद्धको लडाइलाई तीव्र पार्ने उद्देश्यले युरोपेली संघले सन् २०३५ देखि नयाँ पेट्रोल र डिजेल कारको बिक्रीमा प्रतिबन्ध लगाउने कानुनमा सम्झौता गरेको छ । यस कानूनले युरोपेली संघका २७ देशमा पेट्रोल वा डिजेलबाट चल्ने नयाँ कारको बिक्रीमा प्रतिबन्ध लगाउनेछ ।

इयु देशहरू र युरोपेली संसद वार्ताकारहरू सहमत भएका छन्, कार निर्माताहरूले २०३५ सम्म सिओ२ उत्सर्जनमा सतप्रतिशत कमि हासिल गर्नुपर्छ । यो सम्झौता पछि, युरोपेली देशहरूमा नयाँ जीवाश्म ईन्धन सञ्चालित सवारीसाधनहरू बेच्न असम्भव हुनेछ ।