कात्तिक १६, २०७९ बुधबार

इजरायलमा ४ वर्षभन्दा कम अवधिमा पाँचौं निर्वाचन हुँदा धेरै मतदाताहरूलाई आक्रोशित बनाएको छ । तर रिपोर्टहरूले यसले सन् १९९९ पछिको सबैभन्दा बढी मतदाताको सहभागितालाई असर नगरेको उल्लेख गरेका छन् ।

मंगलबारको चुनावपछि इजरायलका पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहु मंगलबारको निर्वाचनपछि सत्तामा फर्किने मत सर्वेक्षणहरूले देखाएका छन् ।


उनको पार्टीले १२० सिट भएको केन्सेट (संसद) मा कम्तीमा ६१ वा ६२ सिट जित्ने सर्वेक्षणले देखाएका छन् । तथापि, चुनावको वास्तविक नतिजा प्रारम्भिक एक्जिट पोलभन्दा फरक हुन सक्छ ।

यसैबीच, वर्तमान प्रधानमन्त्री यायर लापिडको येश अतिद पार्टीले कम्तीमा २४ सिट जित्ने अनुमान गरिएको छ । अर्कोतर्फ, इटामार बेन–गभिरको नेतृत्वमा रहेको धार्मिक जियोनिस्ट पार्टीले कम्तीमा १४ सिट जितेर तेस्रो ठूलो पार्टी बन्ने तयारी गरेको छ ।