कात्तिक १६, २०७९ बुधबार

बुधबार बिहान साढे ६ बजेको थियो । सिड्नीको तारोन्गा चिडियाखानाका पाँच सिंह खोरबाट  निस्किएको पाइएपछि चिडियाखानामा गएका आगन्तुकलाई सुरक्षित स्थानमा पुर्‍याइएको छ । चिडियाखाना अधिकारीले एटो नामको एक भाले सिंह र चार डमरुहरूलाई राखिने खोरबाट निस्केर डुलिरहेको पाएका थिए । 

Ato managed to get out of his enclosure at Taronga Zoo along with four of his cubs [File: Saeed Khan/AFP]
त्यसलगतै ‘रोर एण्ड स्नोर’ नामक सुरक्षा कार्यक्रम सक्रिय गरिएको चिडियाखाना अधिकारीले बताएका छन् । त्यसअन्तरगत साइरन बजाएर त्यस समय चिडियाघरभित्र रहेका सम्पूर्ण आगन्तुक तथा कर्मचारीलाई सुरक्षित क्षेत्रमा सारिएको थियो । 


सिड्नी हार्बरको उत्तरी किनारमा रहेको चिडियाखानाका सबै कर्मचारी तथा पाहुना सुरक्षित स्थानमा नपुगेसम्म साइरन बजेको थियो ।