भारतीय अभिनेत्री तथा फिल्ममेकर पूजा भट्टको भारतीय कंग्रेस प्रवेशको अड्कलबाजी भइरहेको छ । बुधबार उनी राहुल गान्धीसँगै हैदराबादको ‘भारत जोडो यात्रा’ मा सामेल भएकी छिन् । भट्ट ‘भारत जोडो यात्रा’ मा सामेल हुने पहिलो बलिउड अभिनेत्री हुन् ।
उनीहरू यात्रामा सँगै हिँडेका थिए र धेरै विषयमा छलफल पनि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।