कात्तिक १७, २०७९ बिहिबार

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर घाइते भएका खानको अवस्थाबारे थप बताइएको छैन ।

गुजरानवाल्लाह प्रान्तमा भएको एक राजनीतिक र्‍यालीका क्रममा खानमाथि गोली प्रहार भएको उनको पार्टीका प्रवक्तालाई उदृत गर्दै सीएनएनले जनाएको छ ।