बेलायतको केन्द्रीय बैंकले देशले मन्दीको सामना गरिरहेको बताएको छ । आर्थिक सुचकांकहरूको रेकर्ड राख्न थालिएको सन् १९२० यताको सबैभन्दा लामो मन्दीबाट बेलायती गुज्रिरहेको भन्दै सो बैंकले आगामी दुई वर्ष बेलायतका लागि ज्यादै चुनौतीपूर्ण हुने पनि बताएको छ ।
अहिले नै बेरोजगारी दर ६ दशमलव ५ प्रतिशत पुगेको भन्दै बैंकका प्रमुख एन्ड्रू बेलीले सन् २०२५ सम्ममा यो दर दोब्बर हुनसक्ने बताए ।
महँगीले सर्वसाधारणको दैनिकी चौपट हुनसक्ने भन्दै उनले तत्काल कठोर कदमहरू नचाले पछि झन् मुस्किल हुने चेतावनी दिएका छन् ।