वासिङ्टन । अमेरिकी रोजगारी बजारमा गत महिना २ लाख ६१ हजार नयाँ कामदारहरू थपिएका छन् ।
यो आँकडा अर्थशास्त्रीहरूले अनुमान गरेभन्दा धेरै उच्च हो । बजारमा बेरोजगार दर बढिरहेको बेला यस्तो आकँडा सार्वजनिक बएको हो । स्वास्थ्य सेवा, व्यावसायिक र प्राविधिक सेवाहरू र उत्पादनमा उल्लेखनीय रोजगारी प्राप्त भएको प्रतिवेदनले जनाएको छ।