काठमाडौँ । आज सुनको मूल्य घटेको छ भने चाँदीचाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९४ हजार ३ रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सयले घटेर ९४ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य मंगलबार स्थिर रहेर १ हजार २६५ सय रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।