मोरङ – वित्तीय क्षेत्रमा बढेको चर्को व्याजदरविरुद्ध मोरङमा रहेका उद्योगी संघ संस्थाले विरोध प्रर्दशनी गरेका छन्।
मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले बैंकको चर्को ब्याजदरसँग नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजीगत मार्गदर्शन सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङ र मातहतमा ज्ञापन पत्र बुझाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोरा नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मोरङसँगै विभिन्न वाणिज्य बैंकको प्रदेश कार्यालयमा हाल उब्जिएको समस्याको समाधानबारे ज्ञापनपत्र बुझाइएको हो।
बैंकको चर्को ब्याजदरका कारण मुलुकमा उद्योग, कलकारखाना स्थापनादेखि सञ्चालनमा ठूलो समस्या हुँदै आएको केन्द्रीय सदस्य बोहोराले जानकारी दिए।
वाणिज्य बैंकहरुलाई नेपाल राष्ट्र बैंकले नै पृष्ठपोषण गरिरहेको उनीहरुको आरोप छ। बैंकको चर्को ब्याजदरका कारण आर्थिक समस्या दिनानुदिन थपिँदै गएको बताएका बोहोराले ब्याजदरकै कारण मुलुकको आर्थिक क्षेत्रलाई संकटको अवस्थामा पुर्याउने उल्लेख गरे।