अमेरिका भ्रमणमा रहेको नेपालको सुर-सुधा समूहले नेपाली दूतावास वाशिंगटन डिसीमा साङ्गीतिक साँझ कार्यक्रममा बेजोड प्रस्तुति दिएको छ ।
सुर-सुधाको उत्कृष्ट प्रदर्शनमा अतिथिहरुले कर्तल ध्वनिका साथ सम्मानसमेत गरेका थिए । नेपाल र संयुक्त राज्य अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा दूतावासले अमेरिकी सरकारका विभिन्न विभाग, कूटनीतिक निकाय वाशिङटन, डीसी र कूटनीतिक निकायका अतिथिहरूका बीच पौराणिक नेपाली शास्त्रीय संगीत मण्डली (ब्यान्ड) सुर सुधा समूहको सांगीतिक साँझको आयोजना गरेको थियो।
बिहिबार साँझ दूतावासमा आयोजना गरिएको सुर सुधा समूहका कलाकारहरुमा तबलामा संस्थापक तथा प्रमुख सदस्य सुरेन्द्र श्रेष्ठ, बाँसुरीमा रमण महर्जन, गितारमा विकास सुनार र स्वरमा सरस्वती खत्रीले प्रस्तुति दिएका थिए ।