कात्तिक २६, २०७९ शनिबार

अमेरिका भ्रमणमा रहेको नेपालको सुर-सुधा समूहले नेपाली दूतावास वाशिंगटन डिसीमा साङ्गीतिक साँझ कार्यक्रममा बेजोड प्रस्तुति दिएको छ ।  

सुर-सुधाको उत्कृष्ट प्रदर्शनमा अतिथिहरुले कर्तल ध्वनिका साथ सम्मानसमेत गरेका थिए । नेपाल र संयुक्त राज्य अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा दूतावासले अमेरिकी सरकारका विभिन्न विभाग, कूटनीतिक निकाय वाशिङटन, डीसी र कूटनीतिक निकायका अतिथिहरूका बीच पौराणिक नेपाली शास्त्रीय संगीत मण्डली (ब्यान्ड) सुर सुधा समूहको सांगीतिक साँझको आयोजना गरेको थियो।


बिहिबार साँझ दूतावास​मा आयोजना गरिएको सुर सुधा समूहका कलाकारहरुमा तबलामा संस्थापक तथा प्रमुख सदस्य सुरेन्द्र श्रेष्ठ, बाँसुरीमा रमण महर्जन, गितारमा विकास सुनार र स्वरमा सरस्वती खत्रीले प्रस्तुति दिएका थिए ।