फागुन १४, २०७७ शुक्रबार


काठमाण्डौ।
 मकवानपुरमा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको भिमफेँदी ८ का ३५ वर्षीय सन्तलाल लुम्बा रहेका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिका ६ मा हिजो बेलुकी सवा ७ बजे पैदल हिँडिरहेका लुम्बालाई नाम्चेखानीबाट फर्पिङ आउँदै गरेको बा २ क ४५५३ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

घाइतेको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरसहित चालकलाई इलाका प्रहरी कार्यालय फर्पिङले नियन्त्रणमा लिएको छ ।