भदौ २९, २०८० शुक्रबार

काठमाडौँ, २९ भदौ : दीपकराज गिरी र दीपाश्री निरौलाको लगानीमा नयाँ बानेश्वरस्थित शंखमूल रोडमा निर्माण भएको फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखि निर्माण हुँदै आएको मल्टिप्लेक्स हल औपचारिक उद्घाटनसहित सञ्चालनमा आउन लागेको हो । 

हल निर्मार्णको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेकाले शुक्रबार बिहानै उद्घाटन गरेर हल सञ्चालनमा ल्याउन लागेको दीपाले जानकारी दिइन ।

उद्घाटनको दिन सो सिनेमा हलमा दिपेन्द्र लामा निर्देषित फिल्म ‘नाङ्गो गाउँ’ र  झरना थापा निर्देशित फिल्म ‘एक भागवत  र एक गीता’ लाग्नेछ ।