फागुन १९, २०७७ बुधबार


काठमाण्डौ
ललितपुरको एकान्तकुनामा जीपको ठक्करबाट १९ वर्षीया किशोरीको मृत्यु भएको छ ।

बुधवार बिहान ५ बज्र ३० मिनेट तिर स १ प ५६७ नम्बरको बोलेरो जीपको ठक्करबाट १९ वर्षीया अञ्जु दाहालको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

प्रहरीले सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।