फागुन १९, २०७७ बुधबार


काठमाण्डौ। 
भोलिको लागि तय गरिएको प्रदेश नम्बर–१ को प्रदेशसभा बैठक आउँदो चैत २ गतेलाई तोकिएको छ।आज प्रदेशसभा सचिवालयले सूचना टाँस गरी बिहीबारलाई तय भएको बैठक  स्थगित गरी अर्को मिति तोकेको हो ।

भोलिको बैठकमा यसअघि मुख्यमन्त्री शेरधन राईविरुद्ध पेस भएको अविश्वासको प्रस्तावमाथि छलफल सुरु हुने नेकपा तथा प्रमुख प्रतिपक्ष कांग्रेसले अपेक्षा गरेका थिए । तर, त्यसअघि नै अर्को मिति तोकिएको हो ।

अविश्वासको प्रस्ताव संसदमा पेस भई अघिल्लो बैठक स्थगित भएको थियो ।