बैशाख ३, २०८१ सोमबार

अत्तरिया (कैलाली), वैशाख कैलालीको धनगढी उपमहानगरपालिका मटियारीका उमेशराज उपाध्यायले पशुपालनबाट मनग्ये आम्दानी लिन थाल्नुभएको अधिकांश समय गाईभैँसी स्याहार्न, दुहुन दूध बेच्नमै बित्ने उहाँ बिहान बजेदेखि बेलुकी बजेसम्म पशुपालानमै व्यस्त रहनुहुन्छ     
    
 विसं २०७६ मा ओमशान्ति बहुउदेश्यीय पशुपन्छीपालन तथा अर्गानिक तरकारीखेती फर्म दर्ता गरेर व्यवसायिक पशुपालनमा लाग्नुभएका उपाध्यायले हाल चार वटा जर्सी तथा होलिस्टिन जातका गाई एउटा भैँसी पाल्नुभएको     
    
 उहाँले दूध बेचेर मासिक ९० हजार आम्दानी लिने गरेको बताउनुभयो उहाँले भन्नुभयो, “दैनिक ३० देखि ३५ लिटर दूध बिक्री गर्छु, दूध प्रतिलिटर रु ९० मा बिक्री हुन्छ चार जनाको परिवारको खर्च दूध बिक्री गरेकै आम्दानीले धानेको उहाँले बताउनुभयो दुई छोराको पढाइ खर्च, घर खर्च, गाईभैँसीको दाना, घाँसको खर्च कटाएर वार्षिक आठ लाख बचत गरेको उहाँको भनाइ रु नौ लाख ऋण लिएर पाँच वटा भैँसीबाट व्यवसाय सुरु गर्नुभएका उपाध्यायले भैँसीभन्दा गाईपालन सहज हुने भएपछि पछिल्लो समय गाईपालनलाई प्राथमिकता दिनुभएको     
    
 “पहिले एक बिघा जग्गा भाडामा लिएर त्यहीँ गोठ बनाएर व्यवसाय सुरु गरेको थिएँ”, उहाँले भन्नुभयो, “अहिले आफ्नै जग्गामा गोठ बनाएको छु घाँसका लागि वार्षिक एक लाखमा एक बिघा जग्गा भाडामा लिएको छु ”    
    
 कोरोनाले आफूलाई कृषक बनाएको उपाध्याय बताउनुहुन्छ मैले पहिले धनगढीमै फोटोकपी, प्रिन्ट, इमेल, इन्टरनेट सेवासहितको पसल राखेको थिएँ कोरोनापछि पसलको भाडा तिर्न नसकिने अवस्था आयो घरखर्च चलाउन सकिएन”, उहाँले भन्नुभयो, “त्यसपछि मैले कृषिमा लाग्नुपर्छ भन्ने सोच बनाएर पशुपालनमा लागेँ, अहिले आम्दानी पनि राम्रै ”    
    
 उहाँले गाईपालनसँगै स्थानीय जातका कुखुरापालन तरकारीखेती पनि गर्नुभएको ३५ वटा स्थानीय जातका कुखुरा पाल्नुभएको सरकारले घाँसको बीउ समयमै उपलब्ध गराइदिए औषधिको व्यवस्था गरिदिए गाईपालन अझै सहज हुने उहाँको भनाइ     
    
 पछिल्लो समय गाईभैँसीपालनमा किसानको आकर्षण बढ्दै जाँदा जिल्लामा दूध उत्पादन बढ्न थालेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनगढीका सूचना अधिकारी कविराज कठायतले बताउनुभयो     
    
 उहाँले जिल्लामा वार्षिक ८३ हजार सय ४३ लिटर दूध उत्पादन हुने गरेको बताउनुभयो केन्द्रले गाईभैँसीपालन गर्ने किसानलाई गोठ निर्माणलगायतमा ५० प्रतिशत अनुदान दिने गरेको उहाँले बताउनुभयो