बैशाख ८, २०८१ शनिबार

गुल्मी, वैशाख : छत्रकोट गाउँपालिकामा आयोजना गरिएको उखु महोत्सवबाट उखु किसान उत्साहित बनेका छन् उखुको उत्पादनलाई थप व्यावसायिक बनाउँदै त्यसको प्रवद्र्धन विकासका लागि गाउँपालिकाले वडा नं अन्तर्गत दिगामा शुक्रबार एकदिने उखु महोत्सवको आयोजना गरेको     
    
 पालिकालाई उखुमा आत्मनिर्भर बनाउनका लागि आयोजना गरिएको महोत्सवमा पराम्परागत शैलीमा गोरुको प्रयोग गरी उखु पेल्ने, खुदो गुँड बनाउने कार्यका अतिरिक्त उखुको रसबाट उत्पादित सामग्रीलाई प्रदर्शनीमा राखिएको थियो     
    
 महोत्सवमा स्थानीय जातको सेतो कोसेर, रातो कोसेर, कालो कोसेर, जीतपुर कोसेर एवं पुरानो जातका उखु प्रदर्शन गरिएको थियो गाउँपालिकाको वडा नं स्थित दिगाममा पहिलो पटक सञ्चालन गरिएको महोत्सवमा उखुको महत्व त्यसको उपयोगिताका बारेमा विभिन्न गीत तथा सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो     
    
 उखु महोत्सवमा जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले छत्रकोटको कृषि क्षेत्रमा नौलो कार्यक्रम गर्ने सो पालिका रहेको बताउनुभयो उहाँले छत्रकोटले उखुखेतीका माध्यमबाट आर्थिकोपार्जन गरी समुन्नति हासिल गर्नसक्ने बताउनुभयो     
     
 महोत्सवमा गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले उखुको प्रवद्र्धन विकाससँगै किसानलाई अझ बढी व्यावसायिक बनाउन लागि उखु महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो उहाँले महोत्सवले किसानमा आफ्ना उत्पादन बिक्री गर्न त्यसको प्रचारप्रसार गर्न थप मद्दत पुगेको बताउनुभयो     
    
 कार्यक्रममा उखु महोत्सवका संयोजक एवं व्यावसायिक उखु कृषक रामकृष्ण न्यौपानेले गाउँमा आयोजना गरिने यस्ता प्रकारका मेला महोत्सवले किसानलाई पनि थप उत्प्रेरणा जगाउने काम गरेको बताउनुभयो यसबाट उखु किसान थप उत्साहित बनेको भन्दै यसलाई आगामी वर्षमा पनि निरन्तरता दिन आग्रह गर्नुभएको थियो     
    
 महोत्सवमा गाउपालिका उपाध्यक्ष सावित्रा ज्ञवाली, कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारी, प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनलगायतका व्यक्तिले महोत्सवले उखु किसानलाई थप हौसला बढाएको बताउनुभयो गाउँपालिकामा मात्र तीन सय किसान व्यावसायिक उखुखेतीमा लागेका छन्     
    
 जिल्लाको खेतीयोग्य जमिनमध्ये एक सय ९० हेक्टर क्षेत्रफलमा व्यावसायिकरुपमा उखुखेती गरिएको यस वर्ष जिल्लामा पाँच सय ८९ मेट्रिकटन उखुजन्य पदार्थ (खुदो गुड) उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख भण्डारीले जानकारी दिनुभयो जिल्लामा यस पटक रु पाँच करोड ४५ लाख बराबरको उखुजन्य पदार्थ उत्पादन भएको जनाइएको