असार २५, २०८१ मंगलबार

काठमाडौँ, २५ असारः श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक भएको छ। ‘मन्जुरी’ बोलको रोमान्टिक गीत वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठको रोमान्स छ । एसडी योगी र विज्ञान पराजुलीको आवाजमा रहेको यो गीतको सङ्गीत एसडीले नै गरेका छन् । राम अविरल बिस्टको शब्द रहेको गीतमा किरण थापाले कोरियोग्राफी गरेका छन् ।

चलचित्रमा  वर्षा र अमनको अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, लविस गर्तौला, शेर बहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम, स्नेहा भट्टराई लगायतको पनि अभिनय रहेको छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्र पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको विश्वास गर्नै गाह्रो हुने तर यथार्थ घटनामा आधारित रहेर बनेको छ। चलचित्रलाई उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दै छन्।