असोज २५, २०७८ सोमबार

एजेन्सी । दुई महिनादेखि बन्द रहेका अफगानिस्तानका विद्यालयहरू धमाधम खुल्न थालेका छन् । 

अफगानिस्तानको कुन्दुज, बल्ख र सर ए पुल प्रान्त गरी तीन वटा प्रान्तका विद्यालयहरू खुलेको हो भने बाँकी प्रान्तहरूमा पनि विद्यालय खुल्ने तयारीमा रहेको छ ।

२ महिनासम्म बन्द भएको विद्यालय खुलेपछि बिद्यार्थीहरूमा भने खुशियाली छाएको छ । तालिवानले सत्ता कब्जा गरेपछि विद्यालय बन्द रहेका थिए ।