जेठ १८, २०८३ सोमबार

काठमाडौँ १८ जेठः नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित कैलाली र मोरङबाट चार जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलाली, टीकापुर नगरपालिका–९ सुनफाँटाबाट खैरो हेरोइनसहित दुई जनालाई आज दिउँसो पक्राउ गरिएको हो ।  

यसैगरी,    मोरङको रङ्गेली नगरपालिका–४ चोप्राहबाट खैरो हेरोइनसहित दुई जनालाई आजै पक्राउ गरिएको छ । अभियुक्तहरूले भारतबाट खैरो हेरोइन ल्याएका थिए । मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही थालिएको जनाइएको छ ।