असार १९, २०८३ शुक्रबार

तनहुँ, १९ असारः बेनीकोटमा यस वर्षको चौथो सिद्ध कप पुरुष भलिबल प्रतियोगिता बेनिकोटमा आयोजना गरिने भएको छ । 

    जिल्लाको व्यास नगरपालिका–१३, स्थित बेनीकोटमा सिद्धबाबा युवा क्लबको आयोजनामा हुन गइरहेको प्रतियोगिता साउन १२ देखि १६ गतेसम्म सञ्चालन हुने आयोजकले बताउनुभएको छ ।

    क्लबका अध्यक्ष मनिस थापाले खेलकुदले युवालाई अनुशासित, जिम्मेवार र सामाजिक रूपमा सक्रिय बनाउन मद्दत पु¥याउने विश्वास लिएको बताउनुभयो । 
 
    प्रतियोगितामा प्रथम पुरस्कार रु ६६ हजार ६६६, द्वितीय रु ४४ हजार ४४४ र तृतीय रु २२ हजार २२२ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ ।  
 
    त्यसैगरी, उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई पनि विशेष पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।  
      
    सहभागी टिमलाई दर्ता शुल्क रु पाँच हजार ५०० र प्रोटेस्ट शुल्क रु छ हजार तोकिएको छ ।