काठमाडौँ, २२ असार : पूर्वराज्यमन्त्री हरिप्रसाद पाण्डको पुस्तक ‘सम्पूर्ण नेपालीले प्रतिज्ञा गरौँः समृद्धि प्राप्त नगरी मर्ने छैनौँ’ विमोचन गरिएको छ ।
मातृसेवा प्रतिष्ठान नेपालद्वारा ओयोजित उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारी, प्रतिनिधिसभा सदस्य लिमा आचार्य, पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री तथा वरिष्ठ पत्रकार टिकाराम यात्रीले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा लेखक पाण्डेले नेपाल प्राकृतिक स्रोत–साधनले सम्पन्न देश भएकाले जलविद्युत्, जडीबुटी, खनिजलगायतका क्षेत्रको वैज्ञानिक अध्ययन, अनुसन्धान र प्रभावकारी उपयोगमार्फत देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउन सकिने धारणा व्यक्त गर्नुभयो ।
उहाँले नेपालमा रहेका प्राकृतिक स्रोतको पहिचान, तिनको सदुपयोग, सरकारी लगानीका सम्भावित क्षेत्र तथा त्यसबाट प्राप्त हुन सक्ने आर्थिक प्रतिफलका विषयमा पुस्तकमा विस्तृत रूपमा चर्चा गरिएको जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, राजनीतिक दलका नेता, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।