असार २२, २०८३ सोमबार

बागमती, २२ असारः जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी विभागको पत्रअनुसार असार २९ गतेदेखि नयाँ राहदानी प्रणाली कार्यान्वयनको तयारी भएकाले चार दिन सेवा बन्द हुने जनाएको हो । 

    प्रशासकीय अधिकृत सरोजप्रसाद पौडेलले जारी गर्नुभएको सूचनामा राहदानीका आवेदन पेस गरेका तर अस्वीकृत भई पुनःआवेदन गर्नुपर्ने, विभागबाट राहदानी छपाइ भई आएकालाई मङ्गलबार कार्यालय समयभित्र सेवा लिन पनि आग्रह गरिएको छ । यही असार २९ गतेदेखि नयाँ राहदानी प्रणालीमार्फत आवेदन कार्य पुनः नियमित हुने प्रशासनले जनाएको छ ।