असार २४, २०८३ बुधबार

विराटनगर, २४ असारः कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को आज बसेको बैठकले दुई महत्वपूर्ण निर्णय गरेको छ । 

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार कोशी प्रदेश वन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृतिका लागि आवश्यक गृहकार्य गर्न कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पठाउने निर्णय भएको छ ।

यस्तै, ग्रामीण सडक सञ्जाल सुधार आयोजना अतिरिक्त लगानीका कारण प्रभावित संरचना घर, टहर तथा अन्य भौतिक सम्पत्तिको क्षतिपूर्ति निर्धारण तथा वितरण निर्देशिका, २०८३ स्वीकृत गर्न आवश्यक गृहकार्य गर्न आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय भएको सरकारका प्रवक्ता एवं मन्त्री पराजुलीले बताउनुभयो ।