भोजपुर, २६ असार : टेम्केमैयुङ गाउँपालिकाले ‘एक घर एक करेसाबारी’ कार्यक्रमअन्तर्गत यहाँका किसानलाई करिब रु ३८ लाख बराबरका पाइप तथा टनेल सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।
कृषिलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले व्यावसायिक तरकारीखेती गर्न पाइप तथा प्लास्टिक टनेल वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले कृषिलाई परम्परागत तरिकाबाट व्यावसायिकतर्फ लैजाने चाहना अनुरुप पालिकाले काम गरिरहेको जानकारी दिनुभयो । उपाध्यक्ष रमादेवी राईले ‘एक घर एक करेसाबारी’ कार्यक्रम यहाँ प्रभावकारी बन्दै गएको बताउनुभयो ।
--