खान युनिस, प्यालेस्टिनी क्षेत्रहरू, ३२ असार; संयुक्त राष्ट्र सङ्घका अनुसार इजरायल र हमास बीचको लामो द्वन्द्वका क्रममा प्यालेस्टिनी क्षेत्रका १६० वटा भन्दा बढी ऐतिहासिक तथा सांस्कृतिक स्थलहरू क्षति ग्रस्त भएका छन् ।
यी मध्ये धेरै कलाकृतिहरू हजारौँ वर्ष पुराना रहेको जनाइएको छ । द्वन्द्वका कारण ऐतिहासिक तथा सांस्कृतिक स्थलहरूमा कलाकृतिहरू पूर्ण वा आंशिक रूपमा हराएको वा नष्ट भएको दक्षिण गाजाको सहर खान युनूसमा संरक्षण प्रयासमा सहभागी भइरहेका प्यालेस्टिनी कलाकार मोहम्मद अबु लाहियाले बताउनुभएको छ ।
राष्ट्र सङ्घका अनुसार पुरातात्विक खजाना बाहेक, हालैका सांस्कृतिक कलाकृतिहरू पनि गोलाबारी र हवाई आक्रमणबाट क्षतिग्रस्त वा भग्नावशेषमुनि गाडिने जोखिममा छन् ।
यसै गरी द्वन्द्वका क्रममा गाजाका ९० प्रतिशत भन्दा बढी भवनहरू क्षतिग्रस्त वा ध्वस्त भएका छन् ।
शताब्दीयौँ देखि पर्सियाली, ग्रिसेली, रोमी, बाइजान्टिन र ओटोम्यान सबैले गाजामा चर्च, मस्जिद, बन्दरगाहलगायतका कलाकृतिहरूको समृद्ध ऐतिहासिक परिदृश्य सिर्जना गरेका थिए जस–मध्ये धेरैले द्वन्द्वको समयमा क्षति भोगेको जनाइएको छ ।
विगतको सहयोगी तथा संरक्षक इजरायलले द्वन्द्वका कारण गाजा पट्टीमा प्रवेश गर्ने सामानहरूमा कडा नियन्त्रण कायम राखेको कारण अत्यावश्यक सामाग्री खाना तथा अन्य आपूर्तिको गम्भीर अभाव निम्त्याएको बताउदै स्वयंसेवकहरूले व्यावसायिक संरक्षण उपकरणहरू बिना काम गर्नुपरेको बताएका छन् ।
क्षेति ग्रस्त धेरै वस्तुहरू २० औँ शताब्दी तीरका भएको र यसमा “ओटोमन” कालको अन्त्य तथा ब्रिटिस र इजिप्टको प्रशासन समावेश रहेको जनाइएको छ ।
यद्यपि, धेरै कलाकृतिहरू “पहेँलो रेखा“ भन्दा बाहिर छन्, जसले हमासको नियन्त्रणमा रहेको क्षेत्रलाई इजरायली सेनाको कब्जामा रहेका क्षेत्रहरूबाट अलग गर्दछ ।
इजरायलले गाजा पट्टीको ६० प्रतिशत भन्दा बढी आफ्नो नियन्त्रणमा रहेको बताएको छ, जुन गत वर्षको अक्टोबरमा युद्धविराम लागु हुँदा आधा भाग मात्र भनेको थियो ।
स्वयंसेवकहरूका अनुसार इजरायली नियन्त्रित क्षेत्रहरूबाट कलाकृतिहरू पुनः प्राप्त गर्न अत्यन्त गाह्रो रहेको छ ।
यसैबीच, गाजाको शताब्दीयौंको इतिहास लेख्ने कागजातहरूसहित सबै कुरा अझै पनि सुरक्षित राख्ने प्रयास जारी रहेको बताइएको छ ।
भावी पुस्ताका लागि सन्दर्भ सामाग्रीको रूपमा काम गर्न सकून भन्ने उदेश्यले ब्रिटिस र इजिप्टको युग देखि प्यालेस्टिनी प्राधिकरणको आगमनसम्मका समाचारपत्र तथा कागजातहरू सङ्कलन गरिएको जनाउदै स्वयंसेवकहरुले “तिनीहरू वृद्ध बासिन्दाहरूसँग भ्रमण र कुराकानीको माध्यमबाट सङ्कलन गरिएको जनाइएका छन् ।