काठमाडौँ, २ साउनः यस वर्षको देवकुमार आचार्य ‘डी कौडिण्य स्मृति पत्रकारिता’ पुरस्कार पत्रकार सिएम शर्मालाई प्रदान गरिने भएको छ ।
प्रेस सेन्टर नेपालका अनुसार यही साउन ७ गते पत्रकार आचार्यको स्मृति दिवसका दिन रु ४२ हजार राशिको उक्त पुरस्कार पत्रकार शर्मालाई प्रदान गरिने छ ।
पुरस्कार प्रेस सेन्टर झापाले स्थापना गरेको हो । पत्रकार एवं साहित्यकार आचार्यको २०५९ साउन ७ गते चारआली ब्यारेकमा मृत्यु भएको थियो ।