भदौ १२, २०८३ शुक्रबार

दमौली (तनहुँ), १२ भदौः भोटेकोशी बाढीपीडितलाई तनहुँ जिल्लाका स्थानीय तहका कर्मचारीले रु ३२ लाख ८८ हजार ९१७  ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा दाखिला गरेका छन् । 

    म्याग्द, ऋषिङ,  व्यास र  शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिध तथा कर्मचारीबाट जम्मा गरिएको रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा दाखिला गरिएको ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले बताउनुभयो ।