भदौ १३, २०८३ शनिबार

कर्णाली, १३ भदौः रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका  कर्णाली प्रदेशका १९७ जनाको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ ।
 
    अकल्पनीय एवं विनाशकारी बाढीका कारण सबैभन्दा बढी जुम्लाका ८२, सल्यानका ५५, सुर्खेतका १७,  रुकुमपश्चिका नौ, मुगुका ११, हुम्लाका सात, जाजरकोटका तीन, दैलेखका पाँच, कालीकोटका छ र डोल्पाका दुई गरी १९७ जनाको अवस्था अज्ञात रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । 
 
    उहाँका अनुसार कर्णाली प्रदेशअन्तर्गत १० जिल्लाका १६३ पुरुष, २७ महिला, चार बालक र तीन बालिका गरी कुल १९७ जनाको अवस्था अज्ञात रहेको हो ।   
 
    यसैबीच, बाढीपछि ६४ पुरुष, पाँच महिला र एक बालक गरी ७० जना सम्पर्कमा आएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।