भदौ २०, २०८३ शनिबार

बोगोटा (कोलम्बिया), २० भदौ : कोलम्बियाको एक सैन्य परिसरमा  गुरिल्ला समूहले गरेको ड्रोन आक्रमणमा कम्तीमा दुई जना सैनिकको मृत्यु हुनुका साथै  पाँच जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

    अपराधविरुद्ध कडा रुपमा प्रस्तुत हुने  प्रतिबद्धता गरेका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले आक्रमणको दोष देशको सबैभन्दा ठूलो सक्रिय सशस्त्र समूह नेसनल लिबरेसन आर्मी (इएलएन) लाई दिनुभएको छ । 

    उहाँले सामाजिक सञ्जाल एक्समा इएलएनलाई लक्षित गरी भन्नुभया,े “म तपाईँले मार्नुहुने प्रत्येक प्रहरी अधिकारी वा सैनिकको बदलामा म तपाईहरुमाथि राज्यको पूर्ण र वैध शक्तिको प्रयोग गरी कारबाही गर्ने छु ।”

    आक्रमण उत्तरपूर्वी क्याटाटुम्बो क्षेत्रको ओकानामा भएको थियो, जहाँ डे ला एस्प्रियेलाको सरकारले हाल गुरिल्लाहरूविरुद्ध सैन्य कारबाही गरिरहेको छ । क्याटाटुम्बो क्षेत्रको एक सैन्य स्रोतलाई उदृत गर्दै एएफपीले आक्रमणमा विस्फोटक पदार्थले भरिएका कम्तीमा २० वटा ड्रोन प्रयोग गरिएको बताएको छ । 

    कोलम्बिया विश्वको सबैभन्दा ठूलो कोकेन उत्पादक हो जसले पछिल्लो दशकमा सबैभन्दा खराब हिंसाको सामना गरिरहेको छ । पदभार ग्रहण गरेदेखि, डे ला एस्प्रियेलाले सशस्त्र समूहहरूविरुद्ध बम विस्फोट र स्थल अभियानहरू बढाएको जनाइएको छ ।

    कोलम्बिया पनि अमेरिकाको सिल्ड, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्जेन्टिना, इक्वेडर र एल साल्भाडोरलगायत ल्याटिन अमेरिकी देशहरूको कार्टेल विरोधी गठबन्धनमा सामेल भएको छ ।

    डे ला एस्प्रियेलाले आगामी हप्ता क्यारिबियन सहर बारानक्विलामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई स्वागत गर्ने तयारी गरिएको छ ।