भदौ २९, २०८३ सोमबार

काठमाडौँ, २९ भदौ : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत निरीक्षण गर्नुभएको छ ।

    सप्तरीकी बविताकुमारी पासवानले अस्पतालको गेटमै प्रसूति गर्नुपरेको हालैको घटनाबारे जानकारी लिन मन्त्री पोखरेल अस्पताल पुग्नुभएको हो । उहाँले उपचाररत पासवानसँग भेट गरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । 

    अस्पताल प्रशासनका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पासवानको बेड नम्बर २२ मा उपचार तथा स्याहार भइरहेको छ । मन्त्री पोखरेलले अस्पतालको सेवा प्रवाह, पूर्वाधार तथा जनशक्तिको अवस्थाबारे जानकारी लिनुभएको थियो । अस्पतालको सेवा विस्तार तथा सुदृढीकरणका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य सेवाको व्यवस्थापनका विषयमा पहल गर्ने उहाँले बताउनुभएको छ ।