भदौ ३०, २०८३ मंगलबार

ख्वप (भक्तपुर), ३० भदौः भक्तपुरका दुई वटा शैक्षिक संस्थाहरूले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग हस्तान्तरण गरेका छन् । 

    नेपाल इन्जिनियरिङ कलेज (नेक) ले रु १० लाख दुई हजार ६४३ सहयोग गरेको छ । कलेजका प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष सहयोग हस्तान्तरण गर्नुभएको हो । 

    यता जिल्लाकै भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकस्थित जेन्युइन इङ्गलिश स्कुलले पनि भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कामार्फत प्रधानमन्त्री रोहत कोषमा रु १० लाख ५०५ सहयोग हस्तान्तरण गरेको छ । 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वबहादुर दुवालको नेतृत्वमा स्कुलका प्रिन्सिपललगायतको टोलीले प्रमुख जिल्ला अधिकारी खड्कालाई कार्यकक्षमा पुगेर सहयोग रकमको भौचर बुझाउनुुभएको थियो ।